केरा उत्पादक सघंले केरा ब्यवपारीसंग धरौटी लिने काम अबैधानिकःपालिका अध्यक्ष यादव
श्याम थापा —
परासी । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीहरुसंग धरौटी रकम असुली गरेको काम कुनै प्रकारको बैधानिक नरहेको बताएका छन् ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षता र सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा भएकोे केरा किसानहरुको समस्या बिषयक छलफल कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले नवलपरासी केरा उत्पादक संघले केरा ब्यवपारीसंग धरौटी रकम भन्दै रु १ लाख ५० हजार नगद रुपमा रकम असुली गरिरहेको काम गैरकानुनी रहेको र उक्त कार्यलाई तत्काल रोक्न संघलाई पालिका अध्यक्ष यादवले निर्देशन गरेका छन् ।
किसानहरुको हकहितमा बनेको सघंले रकमलाई मात्र ध्यान नदिई केरा किसानहरुको बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै र केरा किसानहरुसंग आवश्यक छलफल गरि अन्य कार्यहरु गर्नु पर्ने र केरा संघले सघंको नाउँमा गरेको सिन्डीकेटलाई तत्काल हटाउन पालिका अध्यक्ष यादवले आग्रह गरे ।
पालिका अध्यक्ष यादवको अनुसार नवलपरासी केरा संघले अनलाईन बिल काटने काममा पनि सिन्डीकेट गरेको र गैरकानुनी रुपमा केरा ब्यवपारीहरुसंग अनलाइनको बाहानामा प्रति गाडी ३ सय रकम असुली गरेको काम प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको र अब स्थानिय तहले किसानलाई मात्र नभई स्थानिय तहमा रहेका सम्पुर्ण नागरिको जिम्मेबारी स्थानिय तहको रहेको हुदा किसानहरुको हकहितमा पालिकाले मध्यनजर गर्ने उनको भनाई छ ।
केरा किसानको समस्या बिषयक छलफल कार्यक्रममा सहभागी भएका केरा किसानहरुले नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले मनोमानी ढगंले काम गरिरहेको र संघले किसानहरुलाई दर्जनमा केरा बिक्री हुदा ठगि हुने र तौलमा बिक्री गर्दा फाइदा हुने भन्दै केरा किसानलाई बिभिन्न प्रलोभन देखाउदै तौल प्रणाली बाट केराहरु ख्रिद बिक्री गर्ने निणर्य गलत रहेको किसानहरुले बताए ।
किसानहरुको भनाई अनुसार हामी छिमेकी मुलुक भारतको केरा किसानहरुको दाजो लिन नसक्ने किन भने भारतको केरा किसानले कम लागतमा केरा उत्पादन गर्ने र यता नेपाली केरा किसानहरुको केरा उत्पादनमा लागत बढी लाग्ने र तौल प्रणाली भयो भने केरा ब्यवपारीहरुले मोटा मोटा र चिल्लो सफा भएको केरा मात्र खरिद गर्दा केरा किसानहरु थप मर्कामा पर्न सक्छ र पातलो केराहरु खेतमै सड्न सक्ने सम्भावना बढी रहेकोले तौल प्रणाली भन्दा दर्जनमा केरा खरिद बिक्री प्रणाली ठिक रहेको बताएका छन् ।
कार्यक्रममा सहभागी किसानहरुले नवलपरासी केरा उत्पादक सघंले अबैधानिक रुपले केरा ब्यवपारीहरुसंग प्रति गाडी अनलाइन बिल भन्दै ५० रुपैयाको अनलाईन बिललाई ३ सय रुपैया खुल्याम रकम असुली गरेको र सो रकम सघंले ब्यवपारी संग असुल गर्ने र यता त्यही ब्यवपारीले किसानसंग असुल उपर गर्दा किसानहरु थप भारमा परेको र पुलिस प्रशासनले पनि ब्यक्तिगत फर्मबाट अनलाईन बिल नमान्ने गरेको र केरा उत्पादक सघंले काटेको अनलाईन बिल देखाउदा केरा बोकेको गाडीहरु चेकजाचँमा छोडने गरेको किसानहरुले आरोप लगाएका छन् ।
एउटा संघले बिभिन्न बाहाना देखाएर खुल्याम रुपमा यसरी अनलाईन बिल भन्दै अबैधानिक रुपमा प्रति गाडी ३ सय रुपैया असुली गर्दा सम्बन्धित निकाय प्रशासन तथा स्थानिय तहहरु मौन बस्नु पनि केही कारण हुन सक्ने आशंका गर्न सकिन्छ ।