चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धकाे मृत्यु

चितवन । चितवनको सौराहामा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यू भएको छ ।
रत्ननगर ६ सौराहा निवासी ७६ बर्षिय नवराज अधिकारीको मृत्यू भएको हो । विहीबार दिउसो २ बजे वनमा घाँस काट्न गएका उनी नफर्किएपछि खोजि गर्ने क्रममा वनको च्यानडाँडा नजिक शुक्रबार विहान ८ सब फेला परेको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।
सब फेला परेको ठाउँमा गैंडाको पाइला रहेको र मृतकको शरिरमा लागेको चोट पटक हेर्दा गैंडाले आक्रमण गरेको सहजै अनुमान लगाउन सकिएको अध्यक्ष तामाङले बताए ।
अधिकारीको सब पोष्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको छ ।

