नारायणगढ–मुग्लिन सडक अवरुद्ध
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो पन्छाउनको लागी डोजरलगायत मेशिनहरु उक्त स्थानमा पुगी पहिरो पन्छाउने कार्य भैरहेको छ ।
यातायात सञ्चालनमा आउन केही समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

