नेपाली सेनाद्धारा झरही नदीको किनारमा बृक्षारोपण


गौरीशंकर जयसवाल –



परासी १४ साउन । पश्चिम नवलपरासीको झरही खोलाको किनारामा नेपाली सेनाले बृक्षारोपण गरेको छ । श्री गोरख दल गण परासीले झरही खोलाको किरानामा बृक्षारोपण गरेको हो ।

रामग्राम नगरपालिकाकाले झरही नदीको किनारामा निमार्ण झरही करिडोरमा बृक्षारोपण गरिएको श्री गोरख दल गण परासीका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए ।




झरही नदीको संरक्षण र सौर्दयकारण गर्न उदेश्यले बिभिन्न परिजातिका बोट बिरुवा बृक्षारोपण गरिएको बताए ।

उनको अनुसार कागती, बास, बकाईनो, निम र मुलमोहर जात लगायतको बोटबिरुवा बृक्षारोपण गरिएको जानकारी दिए । श्री गोरख दल गण परासीले आठ सय पचास बोटबिरुवा बृक्षारोपण गरिएको सेनाले जनाएको छ श्री गोरख दल गण परासीको आयोजनामा नेपाल प्रहरी,सशस्त्र प्रहरी र जनप्रतिनधीहरु सहभागितामा बृक्षारोपण गरिएको थियो ।

उक्त स्थानमा बृक्षारोपण गरिएको बोटबिरुवालाई संरक्षण गर्न सेनाले निगरानी गर्ने र बोटबिरुवा सुक्न नदिनकोलागि सेना हाप्त रवा महिनामा निरीक्षण गरी त्यसको संरक्षण प्रबद्र्धनमा जोड दिने श्री गोरख दल गण परासीका प्रमुख सेनानी श्रेष्ठले बताए ।

नेपाली सेनाले पछिल्लो समयमा समाजमा सामाजिक कार्य तथा बिभिन्न क्रियाकलाप गदै आएको छ ।

सेनाले सैनिक नगारिकबीच प्रगढ सम्बन्ध सुमधुर सम्बन्ध कायम हुने खालको कार्यक्रम समेत संचालन गदै र बिपत उद्धर कार्य निशुल्क स्वास्थय शिबिर गदै आएको छ ।



सम्बन्धित
Loading...