हुप्सेकोट गाउँपलिकामा दुध उत्पादक किसानलाई बाढ्यो दुई लाख ८६ हजार रुपैयाँ अनुदान, अब प्रतिलिटर १० रुपैयाँ अनुदान पाउने


नवलपुर । नवलपुरकोे हुप्सेकोट गाउँपालिकाले यहाँका दुग्ध उत्पादक किसानका लागि दुई लाख ८६ हजार ६ सय १९ रुपैयाँ अनुदान वितरण गरेको छ ।




गत आर्थिक वर्ष २०७९/८० मा दुइ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान उपलव्ध गराईएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए । गत आर्थिक वर्षमा कुल ५७ हजार ३ सय २३ लिटर दुधमा प्रतिलिटर पाँच रुपैयाँको दरले दुई लाख ८६ हजार ६१९ रुपैँया अनुदान रकम प्रदान गरिएको हो ।

शहिद प्रदुक बहुउद्धेश्य सकारी सस्था लि. मार्फत २२ हजार १६ लिटर दुधको जम्मा एक लाख १० हजार ८० रुपैँया र साना किसान कृषि सहकारी संस्था लि. मार्फत ३५ हजार ३ सय ७ लिटर दुधको एक लाख ७६ हजार ५ सय ३९ रुपौयाँ अनुदान प्रदान गरेको हुप्सेकोटस गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।


त्यसैगरी यस आर्थिक बर्षदेखि हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिदै आएकोमा चालुआर्थिक वर्षदेखि अनुदान रकम बृद्धि गरि प्रतिलिटर १० रुपौयाँ पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

गाउँपालिकाले सहकारीमार्फत किसानलाई प्रतिलिटर १० रुपैयाँको दरले अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८÷७९ देखि किसानलाई अनुदान दिन थालिएको हो ।

अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने छ ।

किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानहरुले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको कृषकहरुको भनाई छ ।



सम्बन्धित
Loading...