नारायणगढ – मुग्लिङ्ग सडक अवरूद्ध

मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ कालीखोला लगायत अन्य स्थानहरूमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडक डिभिन कार्यलय भरतपुरका अनुसार विहान सवा ५ वजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
बिहानैदेखि डिभिजनको मेशिनबाट पहिरो पन्छाउने कार्य भैरहेको बताईएको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब ३ घण्टा समय लाग्ने अनुमान छ ।
तर अहिले पनि यो क्षेत्रमा पानी परिरहेको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ ।
सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।