तरकारी खेती तालिम सम्पन्न




कावासाेती –
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कावासाेती शाखाले ३ दिने आधारभूत तरकारी खेती तालिम कावासाेतीमा सम्पन्न भएकाे छ ।
भाद्र २४ देखि सुरू भएकाे तालिम २६ गते समापन भएकाे हाे । कावासाेती ८ मा रहेकाे नेपाल आमा समुहको भवनमा सम्पन्न भएकाे तालिममा ४७ जना सहभागी भएका थिए ।

लघुवित्तका सदस्यलाई आत्मनिर्भर, स्वरोजगार, उद्यमी बनाउनका साथै कर्जाको दुरुपयोग हुनबाट जोगाउन कार्यक्रम गरिएकाे कार्यक्रम संयोजक तथा कावासाेती शाखाका शाखा प्रवन्धक शोभा कडेलले बताउनु भयाे ।




कार्यक्रममा प्रशिक्षककाे रूपमा निशान श्रेष्ठ हुनुहुन्थ्याे । तालिम अवधिभर बेमौसमी तरकारी खेती बारे जान्नु पर्ने आधारभूत जानकारी र ध्यान दिनुपर्ने कुराहरू, नर्सरी ब्यबस्थापन, खेती प्रविधि, जैविक झोल मलकाे प्रयाेग, रोग तथा प्रयोग विधि, वित्तीय साक्षरता बारे छलफल भई अभ्यास समेत भएको जनाईएकाे छ ।



सम्बन्धित
Loading...