नवलपुरमा ६ सय २० लिटर घरेलु मदिरा बरामद
रामकुमार श्रेष्ठ —

नवलपरासी । पूर्वी नवलपरासीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौडेलका अनुसार गैडाकोट ३ रानी ताल स्थित कालीगण्डकी कोरिडोरमा २ वटा अटोहरुमा ल्याउँदै गरेको ६ सय २० लिटर घरेलु मदिरा बरामद गरेको हो ।
याे पनि …
गैडाकोटमा दुर्घटनाः १४ जना घाइते

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १२ हर्कपुरमा नारायणगढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको विङ्गर आज साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विङ्गरमा सवार १५ जना मध्ये १४ जना घाइते भएका हुन् ।
घाइतेहरु मध्ये ४ जनाको गैडाकोट नगर अस्पताल भेडाबारी र बाँकीको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।