मोतियाबिन्दुको भयावह अवस्था
पर्सौनी, नवलपुर –
नवलपुर जिल्लामा आँखामा मोतोयाबिन्दु रोगको अवस्था कति भयावह छ भन्ने कुरा रोटरी क्लव स्फ कावासोतीले मध्यबिन्दु-१५, पर्सौनीमा सम्पन्न गरेको मोतियाबिन्दु परिक्षण शिविरलाई हेरे पुग्छ। मध्यबिन्दु नगरपालिकाको सहयोगमा रोटरी क्लव अफ कवासोतीले संचालन गरेको उक्त शिविरमा 598 जनाको आखा परिक्षण गरिएको १०८ जनामा मोतियाबिन्दु भेटिएको छ।
एउटै वडामा एकैपटक यती ठुलो संख्यामा मोतियाबिन्दुका बिरामी भेटुनु नै यसको भयावहताको प्रमाण हो। नेपालमा अन्धोपनको मुख्य कारणहरु मध्ये एक मोतिया बिन्दु हो ।नेत्र अधिकृत प्रदिप भट्टराईका अनुसार बढ्दो उमेर, आखा स्वास्थ्यको बारेमा कम ज्ञान, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसगै बिताउनु पर्ने जीवनशैली,बिरामीको अस्पतालसम्म पहुँचमा कमी, बुढाबुढी भएपछि सवैको हालत यस्तै त हो नी भन्ने गलत सोच, गैर जिम्मेवार दोश्रो पुस्ता आदि आदि मोतीयाबिन्दु फैलिनुको मुख्य कारण रहेको छन।
मोतिया बिन्दु कुनै औषधिबाट निको नहुने रोग हो, यसको लागि अप्रेसन मात्र एक विकल्प हो, जुन अति सामान्य र सरल हुन्छ। नवलपुर जिल्लामा नै अन्धोपन न्यूनीकरणमा सकृय रोटरी क्लब अफ कावासोतीले तीलगंगा आँखा प्रतिस्ठानसगको सहकार्यमा बर्षेनि मोतिया बिन्दुको पुर्ण निशुल्क अप्रेसन शिविर चलाउदै आएको छ र यो बर्ष पनि मंगसीर ११-१३ गते सम्म शिविर चल्ने कुरा क्लवका आखा शिविर संयोजक शिवलाल गिरीले बताउनु भयो।
नगरप्रमुख भिमलाल अधिकारीको आँखा परिक्षण गरी सुरु गरिएको उक्त कार्यक्रम औपचारिक समारोहमा बोल्दै नगरवासीको स्वस्थ्य नै नगरपालिकाको प्रथम सरोकारको बिषय रहेको र त्यसमा ७० बर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको स्वस्थ्य अवस्था सुधारका लागि नगरपालिका लागि परेको बताउनु भयो।
वडाध्यक्ष यमबहादुर केसीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा रोटरी क्लव अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले यसपटक मध्यविन्दु नगरपालिका क्षेत्रभित्र मोतियाबिन्दु परिक्षणको लागि ४ वटा शिविर संचालन गरिने कुरा बताउदै सहकार्यको लागि मेयर भिमलाल अधिकारीलाई धन्यवाद दिनु भयो।
शिविरमा छनौट भएका बिरामीहरुलाई अप्रेसन स्थलसम्म ल्याउने र लैजाने कुराको ब्यबस्थापन वडाले नै गर्ने कुरो वदाध्यक्ष यम बहदुर केसीले बताउनु भयो। औपचारिक कार्यक्रमको संचालन नागरिक सरोकार अभियान्ता टिकाराम पाण्डेले संचालन गर्नुभएको थियो। शिविरमा रोटर्यक्ट क्लब अफ कावासोती, स्थानीय संघसंस्था, महिला स्वयंसेविका आदिले स्वयंसेवकको भुमिका निर्वाह गर्नु भएको थियो।