नवलपुरमा वाइक केयर पार्टस आगलागी, ४० लाख बढीको क्षति

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा रहेको भुषण कुमार कुशहवाको वाइक केयर पार्टसमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा वाइक केयर पार्टसमा रहेको स्पेयर पार्टस, कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका सामान जलेर नष्ट भएको हो ।
आगलागीबाट ४० लाख बराबरको क्षति भएको मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
गएराति भएको आगलागी राति साढे १२ बजेतिर स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।