नवलपरासीमा अवैध चिनी सहित पिकअप नियन्त्रणमा




नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसी बजारबाट प्रहरीले २७ क्विन्टल अवैध चिनी सहित एउटा पिकअफलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु ३ च ४९६६ नम्बरको पिकअप गाडी गस्तीमा आएको प्रहरीलाई देखि चालकले गाडी छाडेर फरार भएपछि शंका लागि चेक जाँच गर्दा ५४ वटा बोरामा २७ क्विन्टल चिनी भन्सार छलि भारतबाट ल्याइएको भेटिएको हो ।




१ लाख २९ हजार बराबरको बरामद चिनी र पिकअप आवश्यक कारवाहीका लागि महेशपुर भन्सार पठाइएको उनले बताए ।



सम्बन्धित
Loading...