कावासोतीको नवदुर्गा मन्दिरमा दशैमा भागवत महायज्ञ गरिने
कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ देवी चोकमा रहेको नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गर्ने भएको छ ।
मन्दिरको संरक्षणका लागि महायज्ञ गर्न लागिएको मंगलबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुक्मागत शर्माका अनुसार महायज्ञबाट २० लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । यस मन्दिरमा दशैंका अघिल्ला बर्षमा नवदुर्गाका नौं दिनसम्म छातीमा जमरा राखेर जमरा उमार्ने समेत गरिन्थ्यो ।
२०३२ सालमा पुजा गर्ने थलोको रुपमा स्थापना स्थापना गरिएको यहाँ २०४५ सालमा मन्दिरको निर्माण गरी स्थानीयले नवदुर्गा भगवतीको रुपमा पूजा गर्दै आएका छन् ।
महायज्ञमा कथा वाचक आचार्य बुद्धिसागर भण्डारीले गर्ने र महायज्ञमा ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको जनाएको छ ।
नवदुर्गा भवानी मन्दिरको स्तरउन्नती र यसको सर्वपक्षिय बिकासको लागि आयोजना हुने ज्ञान महायज्ञको तयारीका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्पूर्ण भक्तजनहरुलाई महायज्ञमा सहयोग गर्न आग्रह समेत गरिएको थियो ।
महायज्ञको पहिलो दिन असोज २८ गते विहान ८ बजे कलश यात्रा निकालिने आयोजकले जनाएको छ ।



