ग्रीन फाउण्डेशनको कावासोतीमा अन्तरक्रिया

ग्रीन फाउण्डेशनको कावासोतीमा अन्तरक्रिया


कावासोती । स्थानीय तहमा वन ऐन निर्माण र वनबाट स्थानीय आदिवासी जनजातिलाई साना उद्यमी गराउने उद्देश्यले गठन भएको संस्था ग्रीन फाउण्डेशनले कावासोती नगरपालिकामा मंगलबार अन्तरक्रिया गरेको छ ।



कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले कावासोती नगरपालिकाले वन ऐन निर्माणको तयारी तथा छलफल थालिरहेको जानकारी गराए ।

सामुदायिक वन अधिकार सुनश्चितता कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य सीता खड्का, ग्रीन फाउण्डेशन नवलपुरका अध्यक्ष ठाकुर पाण्डे लगायतले कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।




यो कार्यक्रम नवलपुरको कावासोती र देवचुली नगरपालिकामा लागू भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलप्रसाद वाचेले स्वागत मन्तव्य राखेका थिए भने सचिव सुशिल पौडेलले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा ग्रीन फाउण्डेशन दाङका सचिव सुरेश कुमार रावतले ग्रीन फाउण्डेशनको बारेमा जानकारी गराएको थिए ।



सम्बन्धित
Loading...