कावासोतीको सिनेमा हल सञ्चालनको तयारीमा, तिहार अघि नै सञ्चालनमा आउने




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासी जिल्लामा एउटै पनि सिनेमा हल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा कावासोतीमा रहेको सिनेमा हल सञ्चालन हुने भएको छ ।




गणपति चलचित्र हल नामले चिनिएको पुरानो सिनेमा हल कावासोती सिनेम्याक्सको नाममा यही तिहार अगाडिबाट सञ्चालनमा आउने भएको हो । कात्तिक १५ गते हलको शुभ साइत निकालेर त्यसको केही दिन पछि सञ्चालन गरिने सञ्चालक भरत मल्लले बताए ।

नवलपुरको चोरमारा, कावासोती र गैडाकोटमा गरी यस अघि ३ वटा चलचित्र हल सञ्चालनमा रहेपनि लामो समयदेखि बन्द रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न हल सञ्चालन गर्न लागिएको हो । हललाई नयाँ साजसज्जा दिने काम चलिरहेको छ । २ सय २६ सिट क्षमताको कावासोती सिनेम्याक्समा २ सय ५० रुपैयाँ भन्दा बढी टिकटदर नराखिने जनाइएको छ ।

चलचित्र हेर्नका लागि नारायणगढ बुटवल जानु पर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शकहरु चलचित्र हेर्नैको लागि टाढा जानु पर्ने बाध्यता हट्ने छ । ढिलोमा कात्तिक २४ गते नेपाल चलचित्र दिमाग खराब र त्यसका दुई दिन पछि प्रदर्शन हुने भारतीय चलचित्र टाइगर ३ सञ्चालन गरिने तय भएको छ ।

हल पुननिर्माण गर्दा साढे २ करोड बढी खर्च भएको सञ्चालक मल्लले बताए ।



सम्बन्धित
Loading...