नवलपुरः एक जनाको दुर्घटनामा निधन एक जनाको सुतेकै अवस्थामा निधन

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ जना दुर्घटनामा परी निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका ७ टाँडी भित्री सडक खण्डमा लु १२ प ५१४५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको निधन भएको हो ।
दुर्घटनामा परी घाइते मध्यविन्दु ७ निवासी ४८ बर्षीय लिलाराम महताको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा एक जनाको सुतिरहेकै अवस्थामा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका १४ रानीबास चन्दनपुर घरभई हाल नवलपुरको विनयी त्रिवेणी ६ मा रहेको ग्रिलेण्ड रेष्टुरेन्ट एण्ड लजमा काम गर्दै आएका ५२ बर्षीय पूर्णबहादुर भुजेलको निधन भएको हो ।
उनी होटलको कोठा नं. १०९ मा मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।