नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय; हाेला त कार्यान्वयन ?



काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।



मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

नेपालमा धेरैकाे मागी खाने भाँडाे बनेकाे टिकटक बन्द हुँदा धेरैकाे रूवाबासी चल्ने भएकाे छ ।

सरकारकाे निर्णयलाई धेरैले सकारात्मक रूपमा हेरे पनि कार्यान्वयनमा आउनेमा भने आशंका गरिएकाे छ ।


सम्बन्धित
Loading...