हिंसा अन्त्यको लागि किशोरीमा लगानी आवश्यक


किशोरी र महिलाहरुमाथी हुने हिंसा अन्त्यको लागि विशेष लगानी आवश्यक रहेको नवलपुरका सरोकारवालाहरुले बताएका छन् ।


१६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित हिंसा अन्त्यमा सरोकारवालाहरुको भुमिका के रहने बारेमा बोल्दै अधिकारकर्मीहरुले विशेष र प्राथमिकता सहीतको लगानीको अभाव रहेकोले हिंसा बढेको र यसको न्युनिकरणको लागि लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

महिला अधिकारकर्मी एवम महिला बालबालिका कार्यालयकी पूर्व महिला अधिकृत शान्ति केसीले आफ्नो जिवनमा १९ वर्षबाट जागिर सुरु गरेको, विभिन्न हिंसा, शोषण र दृव्र्यवहारमा परेका किशोरीहरु र महिलाहरुको उत्थानको लागि काम गर्दा पाएको अनुभव बताउँदै यदी स्थानीय तहले विकास भौतिक मात्र देखीरहने हो भने अझै हिंसाको दर बढ्ने र किशोरीहरु र महिलाहरुको अवस्था सुधारोन्मुख नहुने बताउनुभयो ।




सानो उमेरमा नै बालविवाह गर्ने र सो बाट समुदाय र स्वयम व्यक्तिलाई परेको असर थाहा हुनका लागि पनि अहिलेका बालबालिकामा लगानी आवश्यक रहेको तर अहिले स्थानीय सरकारले सामाजिक विकासमा लगानी निकै कम गरेकोले हिजोका उपलब्धीहरु समेत गुम्ने डर रहेको बताउनुभयो ।
मध्यविन्दु क्याम्पसका प्राध्यापाक डा. नरनाथ पाण्डेले सामाजिक रुपमा पछाडी पारिएका वर्गहरुका सचेतनामुलक र रोजगार मुलक अभियानहरु आवश्यक रहेको बताउनुभयो । हिजो कमलरी प्रथाबाट सुरु भएको विभेद समाजमा आज पनि अन्य अवशेषमा रहीरहेकोले यसको न्युनिकरणको लागि सवैजना लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहिला जस्तो अवस्था नरहेको भएता पनि वर्तमानमा किशोरकिशोरीहरुका सवालहरु फरक रुपमा रहेकोले सचेतना र क्षमता अभिबृद्धीका कार्यक्रमहरु सोही अनुसार नै तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साहीत्यकार एवम महिला अधिकारकर्मी सरस्वती तिमिल्सीनाले किशोरीहरुलाई शसक्त घरबाट नै गराउन सक्ने हो भने कुनै पनि हिंसा, दृव्र्यवहार र शोषणमा नपर्ने बताउनुभयो । आफु बालिका हुँदा अभिभावकले राम्रो विद्यालयमा शिक्षा हासिल गर्न अवसर दिएकोले आज पनि समाजमा कुनै पनि विभेदमा पर्न नपरेको र सक्षम महिला भएर अगाडी बढेको बताउनुभयो । किशोरीहरुलाई कतै हिंसामा परेको जस्तो वा महसुस भयो भने आवाउ उठाउनुपर्ने र न्यायको लागि निरन्तर लडाई लड्न पर्ने बताउनुभयो ।

साहीत्यकार तिमील्सीनाले कार्यक्रममा आफ्नो भर्खर प्रकाशित कविताहरुको सँग्रह पाईला पाईलामा पाईला टेकेर बाट किशोरीहरु र महिलाहरुको शसक्तिकरण र हिंसाका स्वरुपहरुको बारेमा सहभागिहरुलाई बताउनुभएको थियो ।

कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा क्यान्नलन स्विजरल्याण्डसँगको सहयोगमा र नवलपुर किशोरी सञ्जाल र सेवा निवृत सेवा समाज नवलपुरसँगको समन्वयमा आयोजना गरिएको संस्थाका महासचिव दिपक शर्माले बताए । नवलपुरमा आज पनि विभिन्न बहानामा किशोरीहरु र महिलाहरुमाथी हिंसा र शोषण रहेको र बेला बेलामा हुने विभिन्न आपराधिक क्रियाकलपाहरुबाट उनीहरुको जिउ धनको सुरक्षामाथी नै प्रश्न रहेको बताउनुभएको थियो ।
कार्यक्रममा किशोरीहरु, नवलपुर किशोरी सञ्जालका पदाधिकारीहरु सहीत ५० भन्दा बढीको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...