घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा पक्राउ
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक पटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यायल नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले घटनाको अनुसन्धान भईरहेको र आरोपितलाई पक्राउ गरेको बताए । उनले भने – घटना गम्भीर छ, बालिकाको आमालाई बोलाएर बालिकालाई आमाको जिम्मा लगाइएको छ । अब बालिकाको स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रियालाई अगाडि बढाउने छौं ।
कावासोती नगरपालिका निवासी पीडित ६ वर्षीया बालिका माथि विभिन्न समयमा बुबाबाट यौन हिंसा भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी नरहरी रेग्मीले बताए । उनले भने – ‘यौन हिंसा भएको देखिन्छ, बलात्कार भएको जस्तो देखिदैन ।’
पीडित बालिकाले आफ्नो बुवाको व्यवहार अस्वभाविक लागेपछि सँगै पढ्ने साथीहरुलाई बताएकी थिइन् । ति बालिकाको साथीले आफ्नी आमाले खबर गरे पछि उनीहरुले विद्यालयमा खबर गरेका थिए । ति विद्यालयका प्रधानाध्यापकका अनुसार आफ्नो कानमा उक्त कुरा परेपछि बालिकासँग बुझ्दा पटक पटक यौन हिंसा र यौन दुव्र्यवहार गरेको खुलेपछि विद्यालयका शिक्षकशिक्षिकाहरुले प्रहरीलाई खबर गरेको हो ।
पीडित बालिकाकी आमा श्रीमानको यातना सहन नसकेर ३ विगत ३ महिनादेखि घर छाडेर बाहिर काम गर्दै आएको बेला यो घटना भएको हो ।
प्रहरीले अहिले बालिकाको आमालाई झिकाएर बालिका उनको आमाको जिम्मा लगाएको छ । बालिकाको अब स्वास्थ्य परीक्षण हुने जनाइएको छ ।