सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा
परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा सुस्ता गाउँपालिकाको कार्यालयमा रोजगार संयोजक पदका कार्यरत बुधेश यादवलाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका ईनस्पेस्टर श्यामप्रकाश यादवले बताए ।
दुबै यादव दाजु भाई डिउटीमा खटिएको जिल्लाको सुस्ता गाउँपालिका स्थित रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवट र उनका प्रहरी जवानलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको र अभद्र व्यवहार गरेकाे आराेप नियन्त्रणमा लिएकाे जानकारी दिए ।
उनकाे अनुसार नियन्त्रणमा रहेका बुधेश यादवको माईला दाई मन्तोष यादव फरार छन् ।उनि सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित सिसवा आधारभुत बिधालयका सहायक प्रध्यानाध्यापक मन्तोष यादव रहेकाे उनकाे खाेजिकार्य जारिरहेकाे प्रहरीले जनाएकाे छ ।उनिहरू दुबैजना सुस्ता गाउँपालिका वडा न ५ का वडाअध्यक्ष प्रभुनाथ यादवकाे छाेरा हुन ।