सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर




काठमाडौं, मंसिर २६ । नेपाली बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ ।

सुन आज पनि तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।



सुन हिजो पनि अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...