सरस्वती आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस वृहत कार्यक्रम गरी मनाउने


कावासोती । पूर्वी नवलपरासीको मध्ययविन्दु नगरपालिका १२ बेलहानीमा रहेको सरस्वती आधारभूत विद्यालयको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवश पुस ८ गते भव्यताका साथ मनाइने भएको छ ।




आज विद्यालय परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको हो । विद्यालयका प्रधानाध्यापक जनकराज पोख्रेलका अनुसार विद्यालयमा बाल उद्यन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले बार्षिकोत्सव तथा अभिभावक दिवस वृहत सांस्कृतिक गरी मनाउन लागिएको हो ।

उक्त दिन बद्रि पंगेनी, सपना परियार लगायतका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने छ । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा अहिले २ सय ७८ जना बालबालिका अध्ययनरत रहेका छन् भने पाँच बर्ष भित्र ५ सय विद्यालय पुर्याउने लक्ष्य रहेको प्रधानाध्यापक पोख्रेलले बताए ।


पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालको अध्यक्षता र मध्यविन्दु १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालको प्रमुख आतिथ्यतामा भएको थियो ।

आर्थिक सहयोग संकलन गर्ने उद्देश्य सहित आयोजना गरिएको वृहत सांस्कृतिक कार्यक्रम गर्न लागेपछि अहिलेसम्म ८० हजार रुपैयाँको हाराहारीमा आर्थिक संकलन भईसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।

विद्यालयमा अहिलेसम्म अभिभावकहरुको थोरै थोरै रकमबाट जम्मा गरेर बनाइएको अक्षयकोषमा ११ लाख बढी जम्मा भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
उक्त विद्यालयलाई ३ बर्ष भित्र नमूना विद्यालय बनाउने गरी योजना बनाएर काम गरिएको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा सदभाव एजुकेशनका सञ्चालक सुमन श्रेष्ठले आफ्नो गाउँको विद्यालयका लागि आफूले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।



सम्बन्धित
Loading...