नेपाल बोटे समाज नवलपुरको अधिवेशन सम्पन्न


कावासोती । नेपाल बोटे समाज नवलपुरको तेस्रो अधिवेशन कावासोतीको बाघखोरमा भएको छ ।



अधिवेशनमा नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोट, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राम तामाङ, कावासोती १४ का वडाध्यक्ष तेजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनले राजेन्द्र बोटेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुकमाया बोट, सचिवमा उषा बोटे, सहसचिवमा संगम बोट र कोषाध्यक्षमा तुलबहादुर बोटे निविर्राेध निर्वाचित भएका छन् ।




त्यसैगरी सदस्यहरुमा सुनिल बोटे, तोपबहादुर बोट, मदल बहादुर बोटे, गोविन्द बोटे, मंगुराम बोटे, हिरा बोटे चयन भएका छन् ।

कार्यक्रम मंगलप्रसाद बोटेको अध्यक्षता र गणेश बोटेको सञ्चालनमा भएको थियो ।



सम्बन्धित
Loading...