कावासोतीमा ४० बर्षीय पुरुष र १६ बर्षीया बालिकाका बीच जबरजस्ती विवाह, बेहुवा सहित विवाह गराइदिने ५ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुवा सहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० बर्षीय बेहुवा र विवाह गराउन ललाइफकाइ गर्ने सहित ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बालविवाह भएको भन्ने सूचना प्राप्त गर्ना साथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए । प्रहरीले पक्राउ परेकाको भने नाम सार्वजनिक गरेको छैन ।
उनीहरुलाई मुलुकी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।