चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीसहित दुई घाइते


भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, गीतानगरबजारमा मंगलबार बेलुकी ६ः०० बजे स्कुटरको ठक्करबाट पैदलयात्रीसहित चालक घाइते भएका छन् ।



भरतपुरबाट गीतानगर जाँदै गरेको प्रदेश २–०३–००३ प १७८४ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–६ बस्ने ७० वर्षीया मायादेवी गुरूङ र स्कुटर चालक भरतपुर–२७, बुद्धनगर बस्ने २४ वर्षीय श्यामसुन्दर घाइते भएका हुन् ।

दुवै घाइतेको नयाँ मेडिकल कलेज भरतपुर पठाइएको र दुर्घटनास्थलबाट स्कुटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...