हिंसा रोकथाम र न्यूनीकरणका लागि आमा समूह र टोल विकास बीच छलफल


हिंसा रोकथाम र न्यूनीकरणमा आमा समुह र टोल बिकास सस्थाको भुमिकाको बारेमा छलफल कावासोति ५ मा सप्पन्न गरिएको छ ।
जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोति नगरपालिका वडा नं ५ भित्रका विभिन्न आमा समुह र टोल बिकास सस्थाका पदाधिकारीहरुसहितको उपस्तिथिमा छलफल र अन्तर्कृया गरिएको हो ।



कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.कले हिंसाका प्रकारहरु, हिंसा हुने कारणहरु, हिंसाका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथी हुने हिंसाको अवस्था र त्यसको तथ्यांकको बारेमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले सहजीकरण गर्ने क्रममा हिंसा न्यूनीकरणका लागि गरिएका प्रयासहरु, हिंसा रोकथाम तथा न्यूनीकरणमा आमा समुह, महिला समूह तथा टोल विकास संस्थाका सदस्यहरुको भुमिका, हिंसा, दुर्व्यवहार भएमा कुन कुन निकायहरुमा समन्वय सम्पर्क गर्न सकिने जानकारी दिनु भएको थियो ।




कार्यक्रममा कावासोती नगरपालिका वडा नं ५ का कार्यपालिका सदस्य पार्वती भण्डारी, वडा सदस्यहरु राज कुमार थापा, लाल बहादुर पुलामीमगर, ममता विश्वकर्मा, वडा भित्रका विभिन्न आमा समुह, महिला समूह र टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले प्रहरी र अन्य निकाय सग समन्वय गरेर हिंसा अन्त्यको बिभिन समुदाय स्तर र बिधालयमा सचेतना मुलक कार्यक्रमहरु गरेको बताउनु भएको थियो ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका विभिन्न गतिविधि र अभियानहरुको बारेमा जानकारी दिनु भएको थियो ।

उहाँले आमा समूह, महिला समुहहरु र समुदाय स्तरको टोल बिकास समितिलाई केन्द्रित गरि कार्यक्रम गर्नुको उदेश्यको बारेमा जानकारी दिँदै संचालन गरिएको कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।

सो कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलनको सहयोग र नवलपुर किशोरी संजाल र सामुदायिक सेवा केन्द्र नवलपुर र कावासोति नगरपालिका वार्ड नम्बर ५ को संयुक्त आयोजना र सहकार्यमा गरिएको हो ।



सम्बन्धित
Loading...