जापान–कोरिया जाने श्रमिकले ३ सय डलर सटही सुविधा पाउने, अन्य देशमा जानेलाई कति ?
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरूमा युरोप अमेरिका लगायत जापान, दक्षिण कोरिया, क्यानडा जानेहरूलाई ५ सय डलरसम्म र यसबाहेक अन्य मुलुकहरूमा श्रम गर्न जानेहरूका लागि प्रतिव्यक्ति २ सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको हो ।
यसअघि सबै मुलुकहरूमा श्रमका लागि जाने श्रमिकहरूलाई समान २ सय डलरसम्म मात्र सटही सुविधा प्रदान गर्ने व्यवस्था रहेको थियो ।
केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले युरोप, अमेरिकासहित जापान कोरिया जाने श्रमिकहरूले अन्यको तुलनामा ३ सय डलर बढी सटही सुविधा पाउने भएका छन् ।