कति पुग्याे आज डलरकाे भाउ ?
काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ र ४४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ र १० पैसा बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्री दर ९० रुपैयाँ ६९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।