हुप्सेकोट गाउँपालिकामा स्थानीय वन ऐन निर्माणका लागि सरोकारवालाबीच छलफल


नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीय वन ऐन निर्माणका लागि सरोकारवालाहरुबीच छलफल भएको छ ।



सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपरासीको आयोजना र एन्साब, नेपालको सहकार्यमा छलफल भएको हो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका निवर्तमान अध्यक्ष ठाकुर पाण्डेले स्थानीय वन ऐन किन आवश्यक छ भन्ने विषयमा जानकारी गराएका थिए ।




कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सामुदायिक वन र हुप्सेकोट गाउँपालिकाबीच मिलेर काम गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । त्यसैगरी हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना मगरले पालिकाले स्थानीय वन ऐन निर्माणका लागि सरोकारवालाहरुबीच छलफलको तयारी रहेको अवस्थामा आज भएको छलफलले पालिकालाई थप सजक र सतर्क बनाएको बताए । उनले वन ऐन निर्माण गर्दा हुप्सेकोट गाउँपालिका भित्रका वस्तुस्थितिलाई समेटर वन ऐन निर्माण गर्नेमा प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य सीता खड्का, होमनाथ पाण्डे पारिवारिक निजी वन संघ नवलपुरका अध्यक्ष, एन्सासका कार्यक्रम संयोजक चण्डिका अम्गाई, नेपाल आदिवासी जनजाति महासंघ नवलपुुरका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले स्थानीय वन ऐन निर्माण गर्दा ध्यान दिनु पर्ने विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम सामुदायिक वन स्थानीय महासंघ हुप्सेकोटका अध्यक्ष गुरुप्रसाद खनाल र सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ नवलपुरका सचिव सुशिल पौडेलको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधिहरु, हुप्सेकोट गाउँपालिका भित्र रहेको सामुदायिक वन, साझेदारी वन, निजी वन लगायतका प्रतिनिधिहरु र आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...