चितवन राष्ट्रिय निकुञ्जको नारायणी र राप्तीमा गोहीको अनुगमन
रामकुमार श्रेष्ठ –
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको नारायणी नदी र राप्ती नदीमा चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अनुगमन गरिएको छ ।
अनुगमन तथा गणनाको क्रममा नारायणी नदीमा १ सय १३ वटा र राप्ती नदीमा १ सय ५२ वटा घडियाल गोही फेला गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
१५ दिन लगाएर अनुगमन गरिएको निकुञ्जले जनाएको छ ।
घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जी.पी.एस., क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो ।
अनुगमनको क्रममा ३ वटा डल्फिन समेत भेटिएको निकुञ्जले जनाएको छ ।
नारायणी नदीमा जम्मा घडियाल संख्या ३ वटा भाले सहित १ सय १३ वटा र राप्ती नदीमा ३ वटा भाले सहित १ सय ५२ वटा घडियाल गोही फेला परेको हो ।


