नवलपुरमा बाघले ४ वटा बाख्रा खायो

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बाघको ४ वटा माउ बाख्रा मारेको छ ।
हुप्सेकोट ४ शंखदेवमा बस्ने हरिलाल भुसालको बाख्रा मसिडाँडा जंगलमा चराउने क्रममा बाघको आक्रमणमा परी ४ वटा माउ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नवलपुरमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । केही दिन अघि मात्रै विनयी त्रिवेणी १ मा बाघको आक्रमणमा परी सासु बुहारीको निधन भएको थियो ।