कावासोतीमा गैडाकोट आक्रमणबाट गम्भीर घाइते




रामकुमार श्रेष्ठ –

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट १ जना गम्भीर घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाको आक्रमणमा परी नवलपुरको कावासोती ७ निवासी पतिराम महतो गम्भीर घाइते भएका हुन् । उनको दाहिने खुट्टामा चोट लागेको छ ।

आज विहान १० बजेतिर कावासोती ८ को मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा महतोलाई गैडाले आक्रमण गरी घाइते बनाएको हो ।

उनको कालीगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोतीमा उपचार भईरहेको छ । नवलपुरमा पछिल्लो समय जंगली जनवारको आतंक बढेको छ ।

नवलपुरको हुप्सेकोटमा २ दिन अघि बाघको आक्रमणमा परी ४ वटा बाख्रा मरेको थियो भने एक साता अघि विनयी त्रिवेणी १ मा बाघकै आक्रमणमा परी सासुबुहारीको निधन भएको थियो ।



सम्बन्धित
Loading...