पाेखरीमा डुबी बालककाे निधन
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीकाे कावासाेतीमा पाेखरीमा डुबेर एक जना बालककाे ज्यान गएकाे छ ।
प्रहरी चौकि कोल्हुवाका अनुसार नवलपुरकाे कावासोती नगरपालिका १५ बरौलीटार बस्ने अरुण थापा मगरको छोरा २ बर्षीय बालक अर्किस थापा मगरकाे पाेखरीमा डुबी निधन भएकाे हाे ।
घर नजिकै रहेको आफ्नै माछा पोखरीमा अचानक खस्न गई छिमेकीले देखि उद्धार गरी तत्काल उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पुर्याईकाेमा उपचारकाे क्रममा आज साढे ३ बजेतिर निधन भएकाे हाे ।