जहाज कुर्दाकुर्दै ज्यान गयो हुम्लाका २३ बर्षीया सुत्केरी महिलाको




हुम्ला-नेपालगन्जकाे जहाज कुर्दाकुर्दै हुम्लाका २३ बर्षीया सुत्केरी महिलाको ज्यान गएकाे छ। जहाजकाे प्रतिक्षा गर्दा गर्दै हुम्लाको ताजाकाेट गाउँपालिका- ५ की २३ वर्षिय अन्सु बुढाकाे ज्यान गएकाे छ।

बाजुरा जिल्लाकाे काेल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा साेमबार राति १० बजे बुढाकाे मृत्यु भएको हाे।



गत पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिए पछि परीवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए ।

सुत्केरी भएको ११ दिन पछि वुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिए पछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जीत बहादुर वुढाले जनाकारी दिए। सुत्केरी भए देखिको वुहारी र नातिनिको अवस्था ठिक भए पनि एक्कासी बुहारीलाई ज्वराे आएर टाउको दुख्याे भनेपछि मदना स्वास्थ्यचाैकी लगिएको उनले बताए।

मदना स्वास्थ्यचाैकीमा उपचार सम्भव नभएपछि नेपालगन्ज रेपर गरिएको मृतक ससुरा जीतबहादुर बुढाकाे भनाई छ। नेपालगन्जकाे जहाज नआएपछि काेल्टी प्रथामिक स्वास्थ्य केन्दमा भर्ना गरेकाे बुढाले भने।

काेल्टी प्रथामिक स्वास्थ्य केन्द्र डाक्टर रन्जित शाहाका अनुसार उपचारका क्रममा साेमबार राति १० बजे मृत्यु भईसकेकाे बताए।

सुत्केरी अवस्थामा सामान्यतया अक्सिजन मात्रा ९५ भन्दा माथि हुनुपर्न भएपनि काेल्टि पुग्दा ४९ मात्रै अक्सिजन मात्रै डाक्टर शाहाले बताए। दुर्गम क्षेत्रमा जाेखिम परेका विपन्न समुदायका गर्भवति तथा सुत्केरी महिलाको समयमै हवाई उद्वार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भएपनि पहुँच नपुगेपछि अकालमै बुढाकाे ज्यान गरेकाे छ।



सम्बन्धित
Loading...