मगर संघ कावासोतीले माघे संक्रान्तिमा आज सांस्कृतिक कार्यक्रम गर्दै





रामकुमार श्रेष्ठ –
कावासोती । नेपाल मगर संघ कावासोती नगर समितिले माघे संक्रान्तिको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कावासोती ३ मा रहेको मगर गुम्बामा मगर समुदायको सांस्कृति झल्कने घाटु, पुतली नाँचका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने भएको हो ।

त्यसैगरी मगर लेखकहरुले प्रकाशन गरेको पुस्तकहरु पनि प्रदर्शनीमा राखिने भएको छ । कार्यक्रमको तयारी पुरा भएको नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरले बताए ।


कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल मगर संघ कावासोतीले यस्तो जानकारी गराएको थियो । नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव शेरबहादुर ठाडा मगरको सञ्चालनमा भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष तिल थापा मगरले सांस्कृतिक कार्यक्रम मगरहरुको पहिचान उजागर गर्नका लागि आयोजना गर्न लागिएको बताए ।
मगर समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् । माघे संक्रान्तिमा घिउ चाकु, तरुल, सक्कर, खिचरी खाएर मनाउने प्रचलन रहेको छ ।



सम्बन्धित
Loading...