माडीमा फेरि आक्रामक बन्यो ध्रुवे हात्ती




माडी । नेपाल र भारतका विभिन्न क्षेत्रमा करिब दुई दर्जनको संख्यामा मानवीय हताहती गरेको ध्रुवे हात्ती माडीमा फेरि आक्रामक बनेको छ । उक्त हात्तीकै कारण माडी तथा निकुञ्जवरपरका गाउँघरमा जनधनको क्षति भोग्नुपर्ने त्रास फैलिएको छ भने निकुञ्जभित्र मोटरसाइकलमा यात्रा गर्न जोखिम बढेको छ ।

ध्रुवेले बिजुलीको उपकरणमा क्षति पु¥याउँदा मंगलबार रातिदेखि पूर्वी माडीको बगहीमा विद्युत् अवरूद्ध भएको छ । राति करिब १ः४० बजे माडी–९, बगही पुगेको ध्रुवेले बिजुलीको पोलमाथि ट्रान्सफर्मरसँगै रहेको उपकरणहरुमा क्षति पु¥याएको हो । त्यसपछि अन्धकार छाएको बगही गाउँमा ध्रुवेले पानीका धाराहरु फुटाएको, बलबहादुर हरिजनको घरका सिसाहरु फुटाएको र मंगलसिंह विश्वकर्माको घर भत्काई अन्न नष्ट गरेको स्थानीयवासी मनबहादुर बिष्टले जानकारी दिए ।




चितवन राष्ट्रिय निकुञ्जभित्र पालिएका घरपालुवा पोथी हात्तीहरुको संसर्गका लागि जंगली भाले हात्तीहरु आउने गर्छन् । हात्ती प्रजनन केन्द्र सौराहामा रहेका पोथी हात्तीलाई यिनै जंगली हात्तीबाट गर्भाधान गराइन्छन् । निकुञ्जभित्र अहिले रोनाल्डो, गोविन्दे र ध्रुवे मुख्य भाले हात्ती हुन् । यिनीहरुमध्ये रोनाल्डोले ध्रुवेलाई जित्ने गरेको छ । हात्ती प्रजनन केन्द्रका पोथी हात्तीका लागि रोनाल्डो आउने गर्दछ ।

ध्रुवे हात्ती पश्चिम चितवनलगायतका क्षेत्रमा केन्द्रित छ । सबैभन्दा लामो दूरीमा हिँडेर आतङ्क मच्चाउनेमा ध्रुवे हात्ती नै अगाडि छ । कसरा, माडी, मेघौलीमा ध्रुवे बढी केन्द्रित हुने गरेको छ । यसलाई अन्यलाई भन्दा बढी भूगोल पनि थाहा छ ।

रोनाल्डो र गोविन्दे खासै बस्तीतिर जाँदैनन् । गोविन्दे ध्रुवे र रोनाल्डोभन्दा आकारमा केही सानो छ । अहिले निकुञ्जमा दाह्रा नभएको भाले हात्ती मकुना पनि देखिएको छ । यो मकुना हात्ती अरुभन्दा बढी खतरनाक र आक्रामक हुन्छ ।



सम्बन्धित
Loading...