स्वमूल्याकंनमा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा





श्याम थापा –

सुस्ता ७ माघ – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (LiSA) को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ ।


जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन (LISA)को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पिछडिएको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १.शासकीय प्रबन्धी सुचकको ९ पुर्णान्कमा ७.५ अन्क प्राप्त २.संगठन तथा प्रशासन सुचकको ८ पुर्णान्कमा ५.५ अन्क प्राप्त ३.बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.५ अन्क प्राप्त,४.बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.७५ अन्क प्राप्त,५.सेवाप्रवाह सुचकको १६ पुर्णान्कमा ९ अन्क प्राप्त,६.न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णान्कमा ५ अन्क प्राप्त,७.भौतिक पुर्वधार सुचकको १३ पुर्णान्कमा ४.५ अन्क प्राप्त,८.समाजिक समावेशीकरण सुचकको १० पुर्णान्कमा ४.७५ अन्क प्राप्त,९.वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९ पुर्णान्कमा ४ अन्क प्राप्त र १०.सहकार्य र समन्वय सुचकको ६ पुर्णान्कमा १ अन्क गरि पालिकाले १०० को पुर्णान्कमा ५६.५ अन्क मात्र प्राप्त गरेको छ ।

सुस्ता गाउँपालिकाको सुचकहरु मध्ये सबैभन्दा कमजोर भनेको सहकार्य र समन्वयमा देखिन्छ सुचक अनुसार पालिका आफ्नो पाराले मात्र चलेको जस्तो अनुमान गरिन्छ किन भने सहकार्य र समन्वयमा पालिकाले जम्मा १ अन्क प्राप्त गरेको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।

यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को सुचकहरुमा अन्कहरु कम आयो भने पालिकालाई संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७औं स्थानमा आएको हो ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्ने हो भने जिल्लामै पहिलो स्थानमा सुस्ताको छिमेकी पालिका प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुर्णान्कमा ९०.२५ अन्क प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अन्क,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५.७५ अन्क,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अन्क,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अन्क र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७.७५ अन्क प्राप्त गरेको छ ।

यद्यपि सुस्ता गाउँपालिकाको गत बर्षको लिजाको नतिजा ४४ अन्क थियो भने अहिले ५६.५ अन्क हेर्दा केही प्रगति गरेको देखिन्छ ।




सम्बन्धित
Loading...