नवलपुरमा मोटरसाइकलको ठक्करबाट एक जना गमभीर घाइते




नवलपुर । पूर्वी नवलपराससीमा आज साँझ मोटरसाइकलको ठक्करबाट १ जना महिला गम्भीर घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार आज साँझ विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानी स्थित भित्री सडक खण्डमा चुकाहाबाट बगैचातर्फ आउँदै गरेको लु ५५ प ४०७३ नम्बरको मोटरसाइकलको ठक्करबाट १ जना गम्भीर घाइते भएका छन् ।




दुर्घटनामा परी विनयी त्रिवेणी ४ नयाँ गाउँ बस्ने ६० बर्षीय ज्ञानकुमारी ढेंगा गम्भीर घाइते भएका हुन् । उनको उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ । उनको दाहिने आँखा र दाहिने हातमा चोट लागेको छ ।

मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...