कावासोतीमा जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट

नवलपरासी २३ माघ ।
पूर्वी नवलपरासीमा प्रथम मेन्टोर कप जिल्ला स्तरीय क्रिकेट टुनामेण्ट हुने भएको छ ।
नकाउट मोडलमा खेलिने सो टुनामेन्ट आउदो फागुन २ गतेबाट सुरूहुने मंगलबार कावासोतीमा पत्रकार भेट गरि जानकारी दिईयो ।
अधिकांश आईसिसि नियमकै परिधिमा रहेर संचनलन हुने टुनामेन्ट १२ ओभरको रहने खेल संयोजक किरण भुर्तेलले बताए ।
करिव ३० टिमको सहभागिता रहने सो टुनामेन्टमा टिम दर्ताका लागि ३ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।
टुनामेन्टमा प्रथम हने टिमले ५१ हजार १ सय ५१ नगद हात पार्ने छ भने दोश्रो हुने टिमले २५ हजार १ सय २५ मै चित्त बुझाउनु पर्ने जनाईएकोछ ।
स्थानीय कुमारवर्ती बहुमुखी क्याम्पस चौरमा खेलिने क्रिकेट टुनामेन्टको आयोजक मेन्टर एजुकेसन कावासोती रहेको छ ।
टुनामेन्टका मेनअफ दि सिरिज,बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरलाई ट्रफि,मेडल र २ हजार ५ सय नगदले सम्मान गरिने कार्यक्रममा जानकारी दिईयो ।