चितवनमा खाना अड्किएर एक वृद्धको मृत्यु




रत्ननगर । कालिका नगरपालिका वडा नं–६ स्थित शान्तिटोलमा आफ्नै घरमा खाना खानेक्रममा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ ।

कालिका–६ का ६८ वर्षीय आइतराम कुमाललाई खाना अड्किएर बेहोस भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा सोमबार राति ८ः४५ बजे डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।




मोटरसाइकल दुर्घटनामा बाबु–छोरी घाइते

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१३, अमिलिया चोकस्थित भित्रि सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाबु–छोरी घाइते भएका छन् ।

ना १९ प २९२३ नम्बरको मोटरसाइकलमा सवार चालक रत्ननगर–१५ बस्ने ४६ वर्षीय भोजराज पन्त र निजका छोरी १४ वर्षीया स्वीकृति पन्त घाइते भएका हुन् ।

बाबु–छोरी दुवैको उपचारार्थ पुरानो मेडिकल कलेज पठाइएको र मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...