नवलपुरका गुरुङ समुदायले मनाए म्हाँङी औंसी पर्व


२६ माघ , नवलपुर ।
नवलपुरका गुरुङ समुदायले महान पर्व म्हाँङी औंसी चाड मनाएका छन् ।



जिल्लाको कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ छ्योइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमका बिच पर्व मनाएका हुन् ।

शुक्रबार तमुस्यो ह्युल छोँज धी गुरुङ महिला राष्ट्रिय परिषद् कावासोती इकाई समितिको आयोजना शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।




कार्यक्रम इकाई समितिका अध्यक्ष सन्तकाशी तमुस्योको अध्यक्षता एवं तमुस्यो ह्युल छोँज धी गुरुङ महिला राष्ट्रिय परिषदका केन्द्रिय सदस्य जनकाशी तमुस्योको प्रमुख आतिथ्यता रहेको थियो ।

गुरुङ समुदायले माघ महिनाको औंसीमा सात कन्या ( म्हाँङी ) उत्पत्ति भएको दिनको रूपमा म्हाँङी औँसी पर्व मनाइदै आएको छ ।

यस दिन गुरुङ समुदायले सात कन्या र नौँ बौद्ध धर्म गुरु उत्पत्ती भएको सम्झनामा गुम्बा एवं बौद्ध धर्मावलम्बीहरुको निवासमा विधिवत रुपमा पुजापाठ गरेर म्हाँङी औंसी पर्व मनाउने गर्दछ ।

कार्यक्रममा गुरुङ समुदायका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थित रहेको थियो ।



सम्बन्धित
Loading...