पश्चिम नवलपरासीका ३ स्थानमा विद्युत ट्रान्सफर्मर चोरी

पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत ट्रान्सफर्मर चोरी भएका छन । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन ।
गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सफर्मर चोरी भएको छ । पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छ्न ।
झन्डै दुई महिना अघि रातीको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिनुभयो । गहु र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सफर्मर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।
उक्त क्षेत्रको सिचाईका लागि भुमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईका लागि बोरिङ निर्माण गरिएको थियो ।
यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण बर्दघाट बितरण केन्द्रले जनाएको छ ।
ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुदा ट्रान्सर्फमर चोरी हुने गरेको बताईएको छ ।