पोखरामा ६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ




पोखरा । पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र नगद बरामद गरिएको हो ।



उनले अवैध काम गरेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन गरेको थियो । उनले ३ तले घर भाडामा लिएर विभिन्न किसिमका गरगहना बनाइ वितरण गरेका थिए ।

उनले कोठामा लुकाई राखेको स्रोत खुलाउन नसक्ने गरगहना ६ किलो ७ सय ६९ ग्राम सुन र ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

करिब ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी, फागुन १ । बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिकबाट प्रहरीले उक्त परिमाणको गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला
पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...