बुटवलमा प्रहरी हवल्दार मृत भेटिए




बुटवल, फागुन ४ । बुटवल नजिकको जंगलमा नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत भेटिएका छन् ।

प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत बुटवलको शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।




उनका अनुसार उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ ।

ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।



सम्बन्धित
Loading...