जिएम कप भलिबलमा लिग चरण खेल सम्पन्नः गण्डकी, पुलिस, सेना र एपिएफ सेमीफाइनलमा

घनश्याम बगाले –
नवलपरासी ६ फागुन ।
प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी, नेपाल पुलिस क्लव, एपिएफ र नेपाली सेनाको टोली सेमिफाइनल पुगेका छन् ।
दोस्रो दिन आईतवारको पहिलो खेलमा आयोजक जिएम समाज कावासोतीलाई गण्डकी प्रदेश टिमले २५–२१,२५–२२ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो ।
दोश्रो खेलमा नेपाल पुलिस क्लवले नेपाल आर्मी क्लवलाई २५–१९, २७–२५ र १८–१६ ले पछि पार्दै जित निकालेको हो ।
आर्मीले अघि पछि गरि २५ –१८ र २५–२० स्कोरको जितमा पुलिससंग खेलेको थियो ।
स्थानीय कुमारवर्ती क्याम्पस ग्राउन्डमा संचालित तेस्रो खेलमा बिभागीय टिम एपिएफले २५–१८,२५–१३ र १५–१३ सहित जित हात पारेको छ ।
सोही खेलमा एपिएफको प्रतिष्पर्धी गण्डकी प्रदेशले २५–१७ र २५–२३ मा चित्त बुझायो । योसंगै जिएम कप २०८० अन्तरगत लिग चरणका खेलहरू सकिएकाछन् ।
सम्पन्न तीन खेलमा गण्डकीका खेलाडी सन्तोष बिक, पुलिस क्लवका बलराम गुरूङ्ग र एपिएफका बिजय थापा म्यान अफ दि म्याच घोषित भए।
सोमबार आर्मी र एपिएफ तथा पुलिस र गण्डकी बीच सेमिफाइनलका खेल हुने खेल संयोजक कृष्ण रानाले बताए ।