राईनो संरक्षण गोल्डकपको फाइनलमा कावासोती र गण्डकी प्रदेश

कावासोती, फागुन ०७ ।
नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनो खेल मैदानमा जारी छैठौं राइनो फुटबल प्रतियोगिताको फाइनलमा कावासोती र गण्डकी प्रदेश भिड्ने भएका छन् । फाईनल खेल फागुन ९ गते राईनो रङ्गशालामा हुने भएको छ ।
आज भएको अन्तिम सेमीफाइनल खेलमा सेन्टर कलेज २८ बिगाहा विजयी हुँदै फाईनलको यात्रा तय गरेको हो ।
आज भएको सेमीफाईनल खेलमा फोर ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गर्दै २८ बिगाहाले राईनो संरक्षण गोल्डकप २०८० मा फाईनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हापसम्म गोलरहित बराबरीमा भएको खेलमा दोस्रो हापको ८५ औं मिनेटमा २८ बिगाहाका जर्सी नम्बर ७७ का खेलाडीले समीर तामङले १ गोल गर्दै आफ्नो टिमलार्य फाइनलमा पुर्यएको हो ।
प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले ८ लाख र द्वितीय हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।