जिएम कप राष्ट्रिय भलिबलको फाईनलमा पुलिस र एपिएफ पुगे


घनश्याम बगाले –



कावासोती । कावासोतीमा जारी प्रथम जिएम कप आमन्त्रित भलिबल खेलमा नेपाल पुलिस र एपिएफ फाइनल पुगेकाछन् ।

तेस्रो दिन सोमवारको पहिलो सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–१७,२५–११ र २५–२१ को जित निकाले थियो ।




सोही खेलमा गण्डकीले २५र२१ को १ सेटमात्र हात पार्न सफल भयो । गण्डकीलाई हराए संगै नेपाल पुलिस क्लवले फाईनल यात्रा तय गरेको हो ।

त्यसै गरि नेपाल आर्मी क्लव र एपिएफ बिचको खेलमा एपीएफले आर्मी लाई २५–१७,२५–१४ र २५–१९ को सोझो सेटमा हराउदै फाईनल पुगेको हो ।
मंगलबार गण्डकी र आर्मी बीच थर्ड प्लेस र एपीएफ र पुलिस फाईनल भिड्नेछन् ।

सम्पन्न खेलमा पुलिस क्लवका बिनय चन्द र एपिएफका लोकेन्द्र गिरी म्यान अफ दि म्याच घोषित भए ।



सम्बन्धित
Loading...