एपीएफलाई हराउँदै नेपाल पुलिसले उचाल्यो जिएम कपको उपाधि


रामकुमार श्रेष्ठ –



नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा जिएम समाज कावासोती नवलपुरले आयोजना गरेको जिएमकप भलिबल प्रतियोगिताको उपाधि नेपाली प्रहरीले उचालेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरी (एपीएफ) लाई ३–२ को प्रतिप्रधात्मक सेटमा पराजित गर्दै पहिलो जिएम भलिबल कपको उपाधि जितेको हो ।




वेष्ट अफ फाइभमा खेलाइएको खेलमा नेपाल प्रहरीले सशस्त्रलाई २६–२४, २१–२५, २५–२१, २१–२५ र १५–१२ को सेटमा जितेको हो । जितसँगै नेपाल प्रहरीले २ लाख पुरस्कार राशि जितेको छ भने सशस्त्र प्रहरीले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख रुपैयाँ पुरस्कार राशी जितेको छ ।

त्यसैगरी मंगलबार नै भएको अर्को खेलमा नेपाली सेनालाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश भलिबल टिमले तेस्रो स्थान हालिस गरेको छ ।

गण्डकी प्रदेशले नेपाल आर्मी (नेपाली सेना) लाई १७–२५, २५–१७, १५–२५, २५–१८ र १५–११ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार पुरस्कार जितेको छ । प्रतियोगिताको पुरस्कारको सम्पूर्ण रकम अर्थात ३ लाख ७५ हजार नवलपुरको गैडाकोट घर भई हाल अमेरिका बस्दै आएका विरेन्द्र मगर लाहुरेले सहयोग गरेको आयोजक जिएम समाज कावासोतीले जनाएको छ ।

पहिलो चरणको खेल लिग चरणमा खेलाइएको खेलमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ३ विभागीय टिम सहित गण्डकी प्रदेश भलिबल, पश्चिम नवलपरासी र आयोजक जिएम समाज गरी ६ वटा समूहको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...