अटो दुर्घटना हुँदा चालकको मृत्यु
९ फागुन । मकवानपुरको हेटौंडामा बुधबार बिहान् अटो दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा अटोका चालक मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीका ३५ बर्षिय सुमन भन्ने देबि बहादुर घिमिरे रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार बिहान् गाउँपालिका ४ ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजारबाट ज्वालादेबितर्फ आउदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा चलक घाइते भएका थिए ।
टाउको र निधारमा चोट लागेका घिमिरेलाई उपचारको लागी हेटौडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भन्डारीले जानकारी दिए ।