राइनो कप गोल्डकपको उपाधी गण्डकी प्रदेशले जित्यो




रामकुमार श्रेष्ठ –

नवलपरासी । छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ ।




राईनो रंगशालामा बुधबार सम्पन्न फाईनलमा सेन्टर कलेज अठ्ठाईस बिघा कावासोतीलाई २१ गोल अन्तरले हराउदै गण्डकीले उपाधी हात पारेको हो । उपाधि सँगै गण्डकीले नगद ८ लाख रुपैयाँ सहित ट्रफी हात पारेको छ ।

प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाईस बिघाले ४ लाख हात पारेको छ ।

प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहेको थियो ।

विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।



सम्बन्धित
Loading...