अमेरिकामा सबै कम्पनीका दूरसञ्चार सेवा अवरुद्ध




काठमाडौं ।

अमेरिकामा बिहीबार दूरसञ्चार सेवा अवरुद्ध (सेलुलर आउटेज) भएको छ। यसबाट सबैभन्दा बढी एटीएण्डटीका प्रयोगकर्ता प्रभावित भएको छन्।



अमेरिकाको सान फ्रान्सिस्को लगायतका प्रमुख शहरहरूमा कल, टेक्स्ट मेसेज लगायत आपतकालीन सेवाहरू अवरुद्ध भएको रोयटर्सले उल्लेख गरेको छ।

आउटेज ट्र्याकिङ वेबसाइट डाउनडिटेक्टर डट कमको तथ्यांक अनुसार बिहान स्थानीय समयअनुसार ७ बजे ५० हजारभन्दा बढी समस्या दर्ता भएका छन्।

डाउनडिटेक्टरका अनुसार भेराइजन, टी–मोबाइल र यूएससेलुलरका प्रयोगकर्ताले पनि अवरोधहरु दर्ज गरेका छन्। यद्यपि यी कम्पनीको अवरुद्ध एटीएण्डटीको तुलनामा कम भएको बताइएको छ।

आउटेजले ९११ डायल गरेर आपतकालीन सेवाहरूमा पुग्ने मानिसहरूको क्षमतालाई असर गरिरहेको सान फ्रान्सिस्को फायर डिपार्टमेन्टले सोशल मिडिया प्लेटफर्म एक्समार्फत जानकारी दिएको छ।

‘हामी एटीएण्डटी वायरलेस ग्राहकहरूलाई कुनै पनि फोन कलहरू (९११ सहित) गर्न र प्राप्त गर्नबाट असर गर्ने समस्याको बारेमा सचेत छौं,’ फायर डिपार्टमेन्टले प्लेटफर्ममा भन्यो।

यस समस्याको सम्बन्धमा कम्पनीहरुले के भएको भन्ने कुनै जानकारी दिएका छैनन्। केहि प्रारम्भिक जानकारीले साइबर आक्रमण भएको अनुमान गरिएको छ।



सम्बन्धित
Loading...